बुद्ध एअरका संस्थापक बस्नेतको निधन

काठमाडाैं | पुस १०, २०७९

बुद्ध एअरका संस्थापक बस्नेतको निधन

काठमाडौंः    पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एअरले आज विज्ञप्ति निकालेर बस्नेतको निधन भएको जनाएको हो ।


भोजपुरको दिङ्गला साल्मामा १९८४ साल साउन २७ गते जन्मिएका बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएलबी अध्ययन गरी सरकारको विभिन्न उच्च पदमा रहेर काम गर्नुभएको थियो ।


उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुनुभएको थियो । उहाँले ७० वर्षको उमेरमा बुद्ध एअर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत् जोड्ने कार्यको सुरूवात गर्नुभएको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्